बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै आफ्ना मान्छेलाई नियुक्ति र सिफारिस गरेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको सदस्यका लागि मनोनयन गर्न सिफारिस गरेको थियो। रिक्त रहेको एउटा पदमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नसक्ने प्रावधान छ।
त्यस्तै बैठकले आदर्श श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो। श्रेष्ठ प्रधानमन्त्रीका स्वकीय सचिव पनि हुन्। कानुन र समाजशास्त्रमा स्नाकोत्तर गरेका श्रेष्ठ यसघि पनि आफन्तलाई नियुक्ति दिएको विषयमा विवादमा परेका थिए।
यसैबीच जेनजी अगुवा नेतृत रक्षा बमले प्रधानमन्त्री र मन्त्रिहरूले आफ्ना मान्छेलाई विदाई उपहार दिन लागेको भन्दै आपत्ति जनाएकी छिन्।
‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए’ उनले लेखेकी छिन् ‘केका लागि थाहा छ? यो देशले, बिस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि।प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद, विभाग वा समितीका कुर्सीहरू बाडफाड गर्नका लागि होइन। होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन।’
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया