बिएल संवाददाता
आजबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह अनुपस्थित भएका छन्।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर सुरु गरेको कार्यक्रमको उद्घाटन सत्रमा सभापति रवि र बालेन अनुपस्थित भएका हुन्।
उपसभापति अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको नवनिर्वाचित सांसदहरूलाई जानकारी गराएका छन्।
‘दुवै जनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित नहुनुभएको हो,’ उनले भने, ‘समापनअघि उपस्थित गराउने प्रयास गराउने छौं।’
रास्वपाको अभिमुखीकरण भोलिसम्म चल्नेछ। सभापति लामिछानेले समापन समारोहलाई सम्बोधन गर्ने कार्यतालिका छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया