बिएल संवाददाता
प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह भारी मतान्तरले विजयी भएका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनको शनिबार सार्वजनिक अन्तिम मतरिणामअनुसार बालेन शाह ६८,३४८ मत ल्याएर निर्वाचित भए।
उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी ओलीले १८,७३४ मत मात्र ल्याउन सके। दुई उम्मेदवारबीच मतान्तार ४९,६१४ रहेको छ।
योसँगै केपी ओलीको अहंकारको राजनीति झापामै ढलेको छ। झापा विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदायका ओलीको पतन झापामै पुगेर भएको छ।
रास्वपाले यसअघि नै प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अघि सारेका बालेन शाह प्रधानमन्त्री बन्ने लगभग पक्का भइसकेको छ। जारी मतगणनामा रास्वपाले प्रत्यक्षमै १०० बढी सिट जित्ने पक्कापक्की भइसकेको छ।
सरकार गठनका लागि प्रतिनिसभामा १३८ सांसदको समर्थन आवश्यक हुन्छ। रास्वपाले झन्डै दुईतिहाइ सिट जित्ने अनुमान गरिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया