बिएल संवाददाता
काठमाडौं उपत्यकाका सबैजसो निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। यहाँका तीन जिल्लामा रहेका निर्वाचन क्षेत्रमा सबैजसो सिटमा उनिहरू फराकिलो मतान्तरसहित अघि बढिरहेका छन्।
अहिलेसम्म काठमाडौँ क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शना फराकिलो मतले अघि छिन्। उनले १० हजारभन्दा धेरै मत कटाइसकेकी छिन्। नेपाली काँग्रेसका प्रवल थापा आधाभन्दा थोरै मतले पछ्याइरहेका छन्। अब यो क्षेत्रमा आधाजति मत गन्न बाँकी छ।
काठमाडौँ क्षेत्र नम्बर २ मा रास्वपाकै सुनिल केसी, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराज भक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदीप विष्टहरू धेरै अघि छन्।
त्यस्तै भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। भक्तपुरमा १ मा रास्वपाका रुकेश रञ्जितको अग्रता छ भने भक्तपुर २ मा राजिव खत्रीले लिड गरिरहेका छन्। यो क्षेत्रमा चर्चामा रहेका एमालेका महेश बस्नेत निकै पछि छोडिएका छन्।
ललितपुरको २ र ३ मा रास्वपाकै उम्मेदवारको अग्रता छ। ललितपुर २ मा जगदीश खरेल र ३ मा तोषिमा कार्कीको अग्रता छ। ललितपुर १ मा भने नेपाली काँग्रेसका उदयसमशेरले अग्रता कायमै राखेका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया