बिएल संवाददाता
नेपालमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ।
भारतीय विदेश मन्त्रालयले प्रवक्ता रणधीर जयसवालले बिहीबार साँझ पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै नेपाली नागरिकले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेकोमा खुसी व्यक्त गरेको जनाएको छ।।
विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा गत वर्षको असाधारण र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र निर्वाचनमा संलग्न सबै सरोकारवाला पक्षलाई बधाई दिएको छ।
प्रवक्ता जयसवालले नेपालको शान्ति, प्रगति र स्थिरताका लागि भारत सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा यस निर्वाचनका लागि आवश्यक रणनीतिक तथा भौतिक सामग्रीहरू उपलब्ध गराएको समेत जानकारी दिएका छन्।
छिमेकी मुलुकको नाताले नेपालको लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन भारतले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो सहकार्य जारी रहने उनले स्पष्ट पारेका छन्।
निर्वाचनपश्चात् गठन हुने नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न भारत इच्छुक देखिएको छ।
दुई देश र जनताबीचको मजबुत एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन र पारस्परिक हितका लागि नयाँ नेतृत्वसँग सहकार्य गर्ने प्रतीक्षामा भारत रहेको जवाफमा उल्लेख गरिएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया