बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका अध्यक्ष सागरप्रताप राणाले रुपन्देही क्षेत्र–२ मा कांग्रेसलाई समर्थन गर्ने भन्ने निर्णय आधिकारिक नभएको दाबी गरेका छन्।
पार्टीभित्रका केही व्यक्तिहरूले आर्थिक प्रलोभनमा परेर आफूखुसी विज्ञप्ति सार्वजनिक गरेको दाबी गर्दै अध्यक्ष राणाले पार्टीले कुनै आधिकारिक निर्णय नगरेको जानकारी दिए।
‘पार्टीले अहिलेसम्म कुन दल र उम्मेदवारलाई समर्थन गर्ने भनेर केन्द्रदेखि जिल्लासम्म कुनै पनि निर्णय गरेको छैन। हामीले कसैलाई सहयोग समर्थन गरेका छैनौँ’, अध्यक्ष राणाले भने, ‘पार्टीभित्रका केही व्यक्तिहरूले आर्थिक प्रलोभनमा परेर विज्ञप्ति निकालेको हाम्रो ठम्याई छ, कार्यकर्ताहरूलाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्दछु।’
पार्टीभित्र कसलाई समर्थन गर्ने भनेर हालसम्म कुनै छलफल नै नभएको अध्यक्ष राणाले बताए।
यस क्षेत्रमा उम्मेदवारी दिएकी कर्भिका थापाले विदेशको स्थायी आवास अनुमति पत्र (पीआर) त्यागेको समय तीन महिना नपुगेका कारण उम्मेदवारी फिर्ता लिएकी थिइन्। उनको उम्मेदवारी फिर्तापछि रास्वपा सो क्षेत्रमा उम्मेदवार विहिन थियो।
राप्रपा क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले आइतबार एक विज्ञप्ति निकालेर कांग्रेस र राप्रपाको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्धा मिलेकाले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको बताएका थिए।
प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई रुख चिह्नमा र समानुपातिकतर्फ राप्रपाको हलो चिह्नमा मतदान गर्न आग्रह गरेका थिए।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया