बिएल संवाददाता
नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय झण्डा र घण्टीको प्रयोग भइरहेको दाबी गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
आइतबार कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।
राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको, राजनीतिक दलहरूले निर्वाचन प्रचार-प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको पाइएको दाबी गर्दै कांग्रेस आयोग पुगेको हो।
केही दिनअघि निर्वाचन आयोगले घण्टी बजाएर सार्वजनिक शान्तिमा खलल पुर्याएको उजुरीपछि भौतिक चुनाव चिन्ह बोकेर प्रदर्शन नगर्न आग्रह गरेको थियो।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचार-प्रसार गरिरहेकोले ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ ।
त्यस्तै राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशनविपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको कांग्रेसको ध्यानाकर्षणपत्रमा उल्लेख छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया