बिएल संवाददाता
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाकै वडा नम्बर–३ लामासोतीस्थित मध्यपहाडी लोकमार्गमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय अषिक बयलकोटी छन्। पैदल हिँडिरहेका बालकलाई सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको ना१ज ४६२३ नम्बरको जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका बालकको गोलन्जोर आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनकारी दिएको छ।।
जिप र चालक २७ वर्षीय गोपाल भुजेललाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ।
बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया