बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि ‘संकल्प पत्र’ नाम दिएर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। उनले संकल्प पत्र वाचन गरेर सुनाएका थिए।
‘संकल्प पत्र’ मा राप्रपाले शासकीय स्वरूपमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्ने घोषणा गरेको छ। त्यस्तै राप्रपाले ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’ लाई अबको गन्तव्यको रुपमा समावेस गरेको छ।
त्यस्तै राप्रपाले प्रदेशको खारेजी गर्दै केन्द्र र बलियो स्थानीय तह भएको दुई शासकीय संरचना बनाउने र स्थानीय तह गैरदलीय बनाउने विषय घोषणापत्रमा समेटेको छ।
राप्रपाको ‘संकल्प पत्र’का हाइलाइट्सहरू–
– अबको गन्तव्य ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’
– अभिभावकीय संस्थाको रुपमा राजसंस्था
– हिन्दु राष्ट्र, प्रदेश संरचनाको खारेजी
– एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने
– गैरदलीय स्थानीय तह
– सबै सरकारी विश्वविद्यालयहरूमा कक्षा १२ सम्म नि:शुल्क शिक्षा
– आधारभतू स्वास्थ्यउपचार सेवा सबै नागरिकलाई अनिर्वाय र नि:शुल्क
– नेपाल बन्द सधैको लागि बन्द
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया