बिएल संवाददाता
रास्वपाका सभापति रवि लामिछानेले गोरखा १ का उम्मेदवार सुधन गुरुङ देशलाई माया गर्ने मान्छे भएको बताएका छन्।
गोरखाका मतदातालाई सम्बोधन गर्दै सभापति लामिछानेले गुरुङको भित्र एउटा अबोध बालक रहेकोले शंका गर्नुपर्ने कुनै कारण नभएको बताए।
उनले भने, ‘सुधन गुरुङका शैलीहरूमा प्रश्न होला। सुधन गुरुङको भित्र एउटा अबोध बालक छ। एउटा अबोध बालक छ। एउटा जिज्ञासु मानिस छ।सुधन गुरुङको राजनीतिक परिपक्वतामा तपाईँहरूलाई प्रश्न आउला। सुधन गुरुङका कतिपय अभिव्यक्तिहरूमा प्रश्न गर्ने ठाउँहरू तपाईँले निकाल्नुहुन्छ होला। तर सुधन गुरुङ यो देशलाई माया गर्ने छोरो हो, मलाई यसमा अलिकति पनि शंका छैन।’
गुरुङको तारिफ गर्दै उनले जेनजी आन्दोलनमा घाइतेहरूका लागि लड्ने, परिवारहरूका लागि लड्ने, सहिद परिवारहरूका लागि लड्ने र निरन्तर लडिरहने एउटा योद्धा गुरुङलाई सँगै जितेर लिएर जाने बताए।
भने थपे, ‘रास्वपा भित्र रहेका हामी सबैले देशलाई माया गर्ने सुधन गुरुङलाई सँगै जितेर लिएर जान्छौँ र जेनजी आन्दोलनमा घाइतेहरूका लागि लड्ने, परिवारहरूका लागि लड्ने, सहिद परिवारहरूका लागि लड्ने र निरन्तर लडिरहने एउटा त्यस्तो योद्धा हो सुधन गुरुङ। त्यस कारणले पनि यहाँहरूले विजयी बनाएर संघीय संसदमा एउटा जोडदार आवाजका रूपमा प्रस्तुत गर्नुहुनेछ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु।’
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया