बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा भोकमरीको अन्त्य गरिसकेको दाबी गरेका छन्।
झापा–५ स्थित पर्ने दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको छलफलमा ओलीले भोकमरी अन्त्य भइसकेको दाबी गर्दै अब आफ्नो पार्टीको ध्यान सुकुम्वासी र गरिबहरूको पक्षमा रहेको बताएका हुन्।
उनले आफू ‘कोही भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन’ भन्ने नीतिका साथ अगाडि बढेको बताए।
उनले भने, ‘सुकुम्वासी, गरिबहरूका सम्बन्धमा हाम्रो पार्टीले सबैभन्दा बढी ध्यान दिन्छ। हाम्रो नीति, कोही पनि भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन। हामीले झन्डै–झन्डै भोकमरीको स्थिति अन्त्य गरेका छौं। गरिबी अन्त्य गर्नका लागि हामीले प्रयास गरेका छौं।’
उनले स्वास्थ्य बिमालाई परिवर्तन गरेर ३५ सय तिरेर १ लाखसम्मको उपचार गर्न पाइने व्यवस्था आफूले बनाएको बताए।
उनले झापाको विकासलाई आफूले तीव्रता दिएको दाबी गर्दै सबै काम नसकिएकोले दमकको विकासका लागि सधैं लाग्ने प्रतिवद्धता व्यक्त गरे।
उनले भने, ‘विकास सकिएको हुँदैन, अझै बाँकी हुन्छ। म प्रधानमन्त्री हुनुभन्दा अगाडि धेरै कठिन थियो। मूलभूत बाटाहरू पक्की भएका छन्, अब त्यसमा अरू कनेक्सन जोडिन बाँकी छ। दमक ठूलो नगरपालिका हो, यहाँको विकासका लागि हामी सधैँ लाग्नेछौं।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया