बिएल संवाददाता
नेकपा (एमाले) सुनसरीले इटहरी–१७ मा वडाअध्यक्ष प्रभातकुमार आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टी निर्णय र नीति विपरीत कार्य गरेको भन्दै वडाध्यक्ष आचार्यलाई एमालेले पार्टीबाट हटाएको हो।
आचार्य एमाले जिल्ला कमिटी सदस्यसमेत हुन्। उनका छोरा आदित्य आचार्यले सुनसरी–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। वडाध्यक्ष आचार्यले छोराका लागि मत मागेको र पार्टीकाविरुद्ध अभिव्यक्ति दिएको आरोप लाग्दै आएको छ।
उनी यसअघि निर्वाचनको समयमा तत्कालिन माओवादी छोडेर एमाले प्रवेश गरेका थिए।
पार्टीले जारी गरेको कारबाही पत्रमा उनलाई पटक-पटक सचेत रहन आग्रह गर्दा समेत अटेर गरेको र पार्टी नीति एवं नेतृत्वको विरुद्धमा गतिविधि जारी राखेको आरोप लगाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया