बुधबार, १३ अगस्ट २०२५

अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पुनः सुनुवाइ हुँदै

०६९ मंसिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा श्रीमती पूर्णिमाया लामाले सापकोटासहितका मा‌ओवादी नेताहरूविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। लामो समयसम्म प्रहरीले किटानी जाहेरी नै लिन नमानेपछि सर्वोच्च अदालतले रिट दर्ताका लागि आदेश दिएको थियो। गत असोज ९ गते निर्णय सुनाउने मिति तय भए पनि सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला नगरी ‘अन्य आदेश’ गरेको थियो। माओवादी द्वन्द्वका क्रममा २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताले हत्या गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुमनाले ‘कांग्रेस नेताले सरकारी कब्जा गरे’ भनेपछि संसदमा हंगामा, जुरुक्कै उठे कांग्रेस सांसदहरू

सुमनाको आरोपपछि नेपाली कांग्रेसका सांसदहरूले आपत्ति समेत जनाए। कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत आधा दर्जन सांसदहरूले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले आपत्तिको विषय सोधेका थिए। तर, सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन्। माइक नपाएपछि सांसद केसीले आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न चुनौती दिए। पुष्टि नहुने भए संसद्को रेकर्डबाट हटाउन माग पनि गरेका थिए। तर, सभामुखले रेकर्डबाट हटाउने माग अस्वीकार गरी सभा सञ्चालनलाई निरन्तरता दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध अदालतको अवहेलनासम्बन्धि रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। मंगलबार न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा बालेनको मुद्दाको पेसी तोकिएको छ। बलिउड चलचित्र आदिपुरुषमा नेपालको जनकपुरकी सिता मातालाई भारतीय उल्लेख गरेपछि मेयर साहले आदिपुरुषलगायत हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सुरक्षा चुनौतीका नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्तता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सम्बन्धिन निकाय, राजनीतिक दललगायत सबैले एकापसमा उचित समन्वय र सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको जोड दिँदै राष्ट्रिय सुरक्षाको सन्दर्भमा ‘होल अफ द नेसन’ को अवधारणा अनुसार  काम गर्न आवश्यक छ भने। नेपालको संविधान भाग २८ मा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ। उक्त भागको धारा २६६ को उपधारा (१) मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठनको प्रबन्ध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चर्चा र विवाद धेरै तर बालेन, हर्क र गोपीका पालिकाहरू किन फेल? (भिडिओ रिपाेर्ट)

सामाजिक सञ्जाल होस् वा राजनीतिक बहस, चिया-चौताराहरूमा पनि बालेन, हर्क र गोपीकै चर्चा र बहस चल्न थाल्यो ।  तर जति चर्चा र बहस यिनीहरूको छ, आफूले नेतृत्व गरेका ‘सरकार’ भने कामका हिसाबले पूरै फेल भएका छन्।  सधैं चर्चा, बहस अनि विवादमा रहने यी तीन भन्दा बरु चुपचाप काम गरिरहेका दुर्गमका ‘स्थानीय’ सरकार भने अब्बल देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले पार्टी कार्यालय घेर्दै शिक्षकहरू

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूर्वसन्ध्यामा शिक्षकहरू अध्यापन छोडेर आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित हुने भएको छ। त्यस्तै शैक्षिक सत्रका अन्तिम परीक्षाको तयारी गर्नुपर्ने शिक्षकहरू पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि शैक्षिक सत्रसमेत प्रभावित हुनसक्ने सम्भावना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनएको सचिवालय हस्तान्तरण गर्न एनसीसीहरूको आह्वान

हाल बद्री केसीकाे समूहले काठमाडौंकाे बालुवाटारस्थित केन्द्रीय सचिवालय ‘कब्जा’ गरेर चलाइरहेकाे उच्चस्तरीय समितिकाे आराेप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युद्ध रोक्न तयार भयो युक्रेन, अमेरिकी सहयोग ‘फुकुवा’

वार्तापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो प्रस्ताव रुससँग पनि राख्ने बताउँदै ‘अब बल रुसकै कोर्टमा रहेको’ बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापाजस्ता नेताबाट लोकतन्त्रमाथि खतरा छः सांसद सिंह

‘एउटा महामन्त्रीको उपदेश यो संसदमा सुनिरहेको थिएँ, उहाँ दक्षिण भारतीय फिल्मको शैलीमा २ सय, तीन सय गाडी लिएर कहिले सिमरा पुग्नुहुन्छ, कहिले सिन्धुली पुग्नुहुन्छ, त्यो लोकतन्त्र हो? विचौलिया, दलाल र तस्करले मात्रै दुई सय गाडीको व्यवस्था गर्न सक्छ, कुनै नेपाली जनताले गर्न सक्दैन। त्यसकारण लोकतन्त्रको खतरा यस्ता महामन्त्रीबाट छ । खतरा यस्ता दलपतिबाट छ।’ त्यस्तै उनले नेपालमा लोकतन्त्रको अन्त्य भइसकेको र नेतातन्त्र मात्रै बाँकी रहेको दाबी गरे। उनले विश्वविद्यालयमा राजावादीले नभइ कांग्रेस-एमालेका कार्यकर्ताले तोडफोड गरेको पनि टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजा मूर्ति बेच्ने कुख्यात व्यापारी हो, पारस गुण्डा नाइकेः सुदन किराती

उनले त्यस्ता कुख्यात व्यापारीबाट जनताले आशा गर्ने कुनै कुरा नरहेको टिप्पणी गर्दै पूर्वराजाका छोरा पारसलाई लागूऔषध भण्डारण र गुण्डाको नाइकेको संज्ञा दिए। ‘उसको चरित्रको कुरा गर्ने हो भने ज्ञानेन्द्र एउटा कुख्यात व्यापारी हो। राजाको छोराको नाताले एयरपोर्टमा कुनै पनि भन्सारमा चेकजाँच नहुने त्यो बेला नेपालबाट गैंडाको खाग निर्यात गर्ने, हात्तिको दन्त र पुच्छर निर्यात गर्ने, राम्रा र महँगा कुरा, मुर्तिहरू निर्यात गर्ने र नेपालमा हिरोइन भित्र्याउने कुख्यात व्यापारी हुन्। अन्तर्राष्ट्रिय रुपमा पनि उसको छवि राम्रो छैन। ज्ञानेन्द्रपछि अर्को राम्रो शाह आउला नि त भन्यो भने लगत्तै पारस छ। जो गुण्डाको नाइके हो, लागूऔषधको भण्डारण हो,’ नेता किरातीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

सरकारलाई जनताप्रति उत्तरदायी बनाउन संसदको भूमिका बढाउनुपर्छः राष्ट्रपति

अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउने दायित्व पनि सदनमाथि रहेको बताए। उनले भने, ‘संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउने दायित्व अहिले तपाईंहरुको काँधमा छ।’ राष्ट्रपति पौडेलले कतिपय महत्वपूर्ण कानूनहरू बन्न नसकेको र संसदमा जनताका जल्दाबल्दा समस्याहरूमा छलफल हुनुपर्ने जति हुन नसकेको भनेर गुनासो आइरहेको सन्दर्भमा संसदको नेतृत्वकर्ताका हैसियतलले यो अवस्थालाई हटाएर संसदलाई सार्वभौम जनताको आवाज मुखरित हुने थलोको रुपमा विकसित गर्न अग्रसरता र तत्परताको आवश्यक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी देशमा रोजगारी सृजना गर्न चाहन्छौंः प्रधानमन्त्री

यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्था विरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए। उनले भने, ‘हामी जनताको गरिबी र पछौटेपन हटाएर जान चाहान्छौं। गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौं। समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ। नागरिक सर्वाेच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौं। रोजगारीका अवसरमा सृजना गर्न चाहन्छौं। त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुुपरेको छ। त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो। संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

प्रचण्डलाई गगनको प्रश्न- तपाईं हुँदा जनता खुसी थिए, अहिले सबै रिसाए भन्न खोजेको?

उनले भने, ‘जनता असन्तुष्ट छन्, र त्यो जनताहरू आक्रोशित पनि छन् । यो आक्रोशलाई नजरअन्दाज गर्नु हुदैन भन्ने कुरा म पनि मान्छु । ती जनताहरूको कुरा सुन्नुपर्छ र उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने कुरा पनि मान्छु। तर उनीहरू किन रिसाएका छन् भन्ने कुरामा- अहिले यो सरकार छ त्यही भएर रिसाएका हुन्, यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी थिए, यो सरकार आयो त्यही भएर रिसाए भन्ने कुरामा भने पट्टकै चित्त बुझाउन सकिँदैन।’ उनले प्रतिपक्ष दलको काम प्रश्न नै गर्ने भएपनि समस्यालाई संकटको रुपमा व्याख्या गर्ने गरी प्रश्न नगर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्ववियुबाट विभवको ‘डेब्यू’

‘विद्यार्थीको हकहितका लागि भनेर स्ववियुमा उम्मेदवारी दिएको हुँ। राजनीतिमा यो मेरो पहिलो पाइला हो’ विभव भन्छन् ‘खासगरी मेरो परिवारबाटै मैले प्रेरणा पाएको हुँ। हजुरबुवाको समाजप्रतिको दीक्षा, बुवाको पत्रकारिता र राजनीतिक शिक्षादीक्षाबाट म पनि राजनीतिप्रति प्रेरित भएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले विश्वास गुमायो, राजावादी हौसिएः प्रचण्ड

‘सरकारको विश्वसनियता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्। वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुनर्स्थापनाको चुनौती दिन थालेका छन्। राजावादीहरूको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन्।’ यसको साथै, उनले जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने कोसिस भएको भन्दै अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापा बोल्दाबोल्दै कुर्सी भाँचिएर एमाले सांसद लडेपछि…

मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद बसेको कुर्सी भाँचिएको छ। कांग्रेस महामन्त्री गगन थापा बोलिरहेका बेला नेकपा एमालेकी सांसद उर्मिला थेबे बसिरहेको कुर्सी भाँचिएको संसद सचिवालयले जनाएको छ। कुर्सी भाँचिएपछि सांसद थेबे लडेकी थिइन्। उनी लडेपछि सबै सांसदहरू पछाडि फर्किएका थिए। सांसदहरू पछाडि फर्किएपछि बोलिरहेका वक्ता गगन थापा पनि एकछिन सम्बोधन रोकेर पछाडि फर्किए। सभामुख देवराज घिमिरेले सांसद थेवे लडेपछि सचिवालयका कर्मचारीतर्फ फर्किएर इशारा गरेका थिए। र सचिवालयका कर्मचारीहरूले थेवेलाई बाहिर लिएर गएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोसिमाको पक्षमा सर्वोच्चको फैसला, जोगियो सांसद पद

मंगलबार न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले तोसिमाको पक्षमा रिट जारी गरेको हो। तोसिमाले २ वर्षअघि उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चको फैसलासँगै तोसिमाको सांसद पदमाथिको वैद्यताको प्रश्नको अन्त्य भएको छ। उनको सांसद पद जोगिएको छ। सांसद कार्कीले लाभको पदमै हुँदा २०७९ मंसिर ४ गतेको निर्वाचनमा ललितपुर-३ मा रास्वपाबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएको भन्दै निर्वाचन आयोगले उम्मेद्वारी खारेज गरेको थियो। कार्की त्यतिबेला नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएर लाभको पदमा बसेकै बेला उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले खारेज गरेको थियो। तर, सर्वोच्च अदालतले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजा र रविबीच भेटवार्ता भएको मुकुलको खुलासा, ‘रवि दाइ अन्तिमसम्म राजतन्त्रकै लाइनमा हुनुहुन्थ्यो’

‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’को लाइन लिने कि ‘गणतन्त्र’ को? भनेर रवि दाइ र मबीच छलफल भयो। त्यतिबेला छलफल गर्नका लागि कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुईबीच नै हुन्थ्यो। राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो। राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई-चार पटक कुरा पनि भयो। रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो।’ मुकुलले आफूले रविलाई राजा ल्याउने वा आउने कुरा आफूहरूले भनेर मात्र नहुने, राजा आफैंले बोल्नुपर्छ भनेर प्रस्ताव गरेको तर, राजा बोल्न तयार नभएपछि गठतन्त्रवादी दल खोलेको दाबी पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्ववियु निर्वाचन- देशभर ‘कांग्रेस-एमाले’ मिल्दा रोल्पामा ‘एमाले-माओवादी’ गठबन्धन

निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता भइरहेको छ। सत्ता गठबन्धन दल निकट विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनका लागि देशभर गठबन्धन गरेका छन्। तर, रोल्पामा भने फरक दृश्य देखिएको छ। रोल्पाका चार क्याम्पसमा एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन गर्ने सहमति भएको छ।  अनेरास्ववियु रोल्पा अध्यक्ष सूर्य विक र अखिल क्रान्तिकारी रोल्पा अध्यक्ष सनिदेवल बुढामगरले बामपन्थी विचारधारा बोकेका विद्यार्थी संगठनले स्ववियुको नेतृत्व गर्दा प्रभावकारी हुने ठहर गर्दै तालमेलको निर्णय गरेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

प्रचण्ड भन्छन्, राजावादीको आन्दोलनमा बाह्य चलखेल पनि छ

‘देशभित्र र बाहिरका चलखेल मिसिएक छन्। यसखालका चलखेल आजमात्रै भएका होइनन्। यस्ता चलखेल हिँज पनि अस्ती पनि थिए’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं