बिएल संवाददाता
जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालमार्फत वा अनलाइन मिडियाले सामाजिक सञ्जालमार्फत कुन दललाई भोट हान्नुहुन्छ? भन्दै मत सर्वेक्षण गरेको भन्दै यस्तो कार्य नगर्न सूचना जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारीद्वय तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले संयुक्त हस्ताक्षर गरेको सूचनामा यस्तो जानकारी गराइएको हो।
यसरी कुन दललाई वा कुन उम्मेदवारलाई भोट दिनुहुन्छ? भन्दै मतदाताको गोपनीयता भंग भएको प्रशासनले जनाएको छ। सूचना पश्चात पनि यस्को कार्य नरोकिए कारबाहीको समेत चेतावनी दिइएको छ।
जारी सूचनामा भनिएको छ, ‘फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ? भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया