आइतबार, ०१ फेब्रुअरी २०२६

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

News Image
सांकेतिक तस्बिर
• • •

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ।

भीमदत्त नगरपालिका–१० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए।

बेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ। शव सड्न थालिसकेको अवस्थामा भेटिएकोले पहिचानमा समस्या भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!