बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ छाडेर सर्लाही जानुपर्दा आफूले आँसु लुकाउन नसकेको बताएका छन्।
शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मुल समिति गठन तथा घोषणा समारोहमा बोल्दै सभापति थापाले सर्लाही जाने निर्णय लिँदा निकै कठिनाइ भएको बताए।
‘निर्णय गर्दा साथीहरू रोइराख्नुभएको थियो म रोएको थिएँ। सिंगो देशको नेतृत्व गर्दा मधेशलाई अंगालो हाल्नुपर्छ। मधेशलाई काठमाडौंसँग जोड्न चाहन्छु। म फुटाउने होइन जोड्ने राजनीति गर्छु।’
उनले काठमाडौं–४ छोडेर गएको नभन्न आग्रह गर्दै आफूलाई दुःख लाग्ने बताए। उनले आफू काठमाडौंमै रहेको तर, मधेस बद्ल्ने नयाँ जिम्मेवारीका लागि सर्लाही–४ झरेको प्रतिक्रिया दिए।
उनले भने, ‘छोडेर गएको नभन्दिनुहोला, मलाई दुख्छ। म यहीँ (काठमाडौं) छु। मैले धेरै जीवन तपाईंहरूसँगै बिताएको छु। मधेसका मुद्धा बदल्न चाहन्छु।’
उनले ०७९ को निर्वाचनमा अलिअलि डर लागे पनि काठमाडौं–४ का मतदाताले डरबाट बाहिर निकालेको बताए।
त्यस्तै जनताले फोहोरी गठबन्धनको राजनीति नरुचाएको बताउँदै चुनाव लड्न मात्रै केन्द्रीत हुन नहुने जिकिर गरे।
उनले भने, ‘सरकारका टिक्नको लागि नाजायज सम्झौता नगरुन् भन्ने जनताको चाहना छ। नेताहरूको जीवनस्तर पारदर्शित बन्नुपर्छ। पार्टी भनेको इलेक्सन मेसिन होइन, हामीले गएको वर्षसम्म पार्टीलाई चुनावमा केन्द्रित गरायौँ। हामी चुनाव लड्न र जित्नको लागि मात्रै केन्द्रित भएका थियौं।’
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया