बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले निर्वाचनमा कसैलाई जिताउने र कसैलाई हराउने खेल खेले निर्वाचन परिणाम स्वीकार नगर्ने चेतावनी दिएका छन्।
शनिबार ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले चुनावको मुखमा प्रशासनिक हेरफेर गरेर धाँधलीको तयारी गरिरहेको आरोप लगाए।
उनले सरकार राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन लागिपरेकोतर्फ इंगित गर्दै सरकारको नियतमाथि प्रश्न उठाए। सरकारलाई कसैको पक्षधरता नदेखाउन ओलीले चेतावनी दिए।
‘यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने, त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन, त्यस्तो परिणाम स्वीकार्य हुँदैन,’ देशमा ठुलो अनिष्ट निम्त्याउने गरी निर्वाचनको नाटक नगर्न भन्दै ओलीले थपे, ‘सरकारको पक्षधरता कतैपट्टि हुने, कसैलाई जिताउने र कसैलाई हराउने खालका क्रियाकलाप भए भने त्यो भन्दा अनिष्ट केही हुँदैन।’
ओलीले निर्वाचनको मुखमा ठूलो संख्यामा कर्मचारी र प्रहरीको सरुवा गरिएको प्रति असन्तुष्टि पोखे।
ओलीले प्रश्न गरे, ‘भइरहेका अधिकारीहरू हटाएर, समय नपुग्दै हटाएर अरू कर्मचारी पठाउनुको अर्थ के हो? के को अनुकूलता मिलाउन खोजिएको हो?’
उनले सरकारलाई तटस्थ बस्न आग्रह गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनुपर्नेमा जोड दिए।
उनले भने, ‘निर्वाचन गर्ने हो भने स्वतन्त्र निर्वाचन, धाँधलीरहित निर्वाचन, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया