बिएल संवाददाता
नेकपा एमालेका नेता जीतेन्द्रनारायण देवले पार्टी परित्यागको घोषणा गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो विदेशी षडयन्त्र मात्र देखेकोमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
‘विगत लामो समयदेखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको आम विदेश पलायनको विरुद्धमा आक्रोशको विष्फोट थियो भदौ २३ गतेको जेनजी विद्रोह,’ उनले भनेका छन्।
जेनजी आन्दोलनलाई नबुझी आफू सँच्चिनुको साटो विदेशी षड्यन्त्र देख्ने र पार्टीलाई व्यक्तिवादतिर लैजाने व्यवहारसँग असहमत भएको उनले बताएका छन्।
‘यसलाई यसै रूपमा नबुझी वा बुझ्न नचाही आफू सच्चिन र पार्टीलाई सच्याउने दिशामा लाग्नुको सट्टा यसलाई ‘विदेशी षड्यन्त्र’ देख्ने, पार्टीलाई व्यक्तिवाद् र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी संचालन गर्ने विचार नीति तथा व्यवहारसँऊ असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दै सबै सम्वद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु,’ उनले भनेका छन्।

सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए। पछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भएका उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि सँगै कांग्रेस पुगेका थिए।
कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भएका उनको कार्यकाल २० फागुन ०८० मा सकिएको थियो।
त्यसपछि १७ असार ०८१ मा नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया