बिएल संवाददाता
नेपालमा प्रत्यक्ष निर्वाचनबाट चुनाव जितेर प्रतिनिधित्व गर्न नसक्नेहरूका लागि व्यवस्था गरिएको समानुपातिक निर्वाचन प्राणालीको हुर्मत लिन नयाँ दलहरूले पुराना दलहरूलाई पनि उछिनेका छन् । यसको नेतृत्व पनि नयाँको प्रतिनिधि दावी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले नै गरेको छ ।
समानुपातिक सूची बनाउँदा सबैभन्दा बढी आलोचना खप्नुपरेको रास्वपाका दर्जनौ उम्मेद्वारले नाम नै फिर्ता लिनुपर्ने स्थिति सिर्जना भएको थियो । कतिपय नाम सूचीमा पछाडि पर्दा निर्वाचित हुने सम्भावना कम भएकाले र कतिपयले तरमारा भनेर ठूलो वपिरोध भएपछि लोकाचारकै निम्ति पनि फिर्ता लिएका थिए ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीको दलित कोटाका दुई सेलिब्रेटीहरू प्रकाश सपुत र रिमा विश्वकर्माले भने नाम फिर्ता लिएनन् । प्रकाश दलित कोटाको पुरूषतर्फ दोस्रो र रिमा महिलातर्फ पहिलो नम्बरमा छन् । अहिलेसम्मको चुनावी हावा हेर्दा उनीहरू आआफ्नो क्लस्टरबाट समानुपातिक सांसद हुने लगभग निश्चित छ । त्यही भाग्योदय चिट्टा पर्ने भएकाले पनि उनीहरूले नाम फिर्ता लिएनन् । अझ रिमा विश्वकर्मा त यति बेइमान निस्किन् कि कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको संस्थापक केन्द्रीय सदस्य रहेकी उनले एक थान सांसदकै निम्ति कुलमानलाई धोका पनि दिइन् ।
रास्वपा र उनेपाबीच एकीकरण हुँदा कुलमानको कोटामा रास्वपाको समानुपातिक सूचीमा चढेकी रिमा दुई पार्टीबीचको एकता भंग भएर पुरानै अवस्थामा फर्कदा पनि उनी उनेपा नफर्केर रास्वपामै अडिइन् ।
प्रकाश सपुत र रिमा विश्वकर्मा नेपालका दुई ठूला सेलिब्रेटी हुन् । यिनीहरूको कुनै पनि अर्थमा पछाडि परेका र आवाजविहीन हैनन् । यिनीहरू जातले मात्र दलित हुन् । सुविधा र पहुँचका हिसाबले कुनै पनि अर्थमा यिनीहरू सिमान्तकृत र प्रत्यक्ष निर्वाचनमार्फत् नै प्रतिनिधित्व नगर्ने अवस्थाका हैनन् ।
तर, दुर्भाग्य यी दुईले अब नेपालका दूरदराजका निरक्षर बले कामी र प्याके विकको प्रतिनिधित्व गर्नेछन् । यो भनेको समानुपातिक पद्धतिकै दोहन हो । जसरी यसअघि पुरानाहरूले यो पद्धतिको दोहन गरेर समावेशी लोकतन्त्रकै धज्जी उडाइयो, त्यसरी नै यसपटक नयाँ भनिने रास्वपाले पनि त्यसै गर्यो ।
तरमारा भनेको अंग्रेजी शव्दावली क्रिम लेयर को भाव अनुवाद हो । यसको अर्थ अवसरबाट बञ्चित गरिएका लक्षित मानिसहरूको लागि प्रदान गरिएको सकारात्मक विभेदको विशेष सुविधा उनीहरुको नाममा भूगोल वा जात भएकै आधारमा विचका टाठाबाठाहरूले लिन्छन् , तिनै टाठाबाठाहरू तरमारा । यो शव्दावली नेपालमा प्रवेश गराउने न्यायाधीश आनन्दमोहन भट्टराई हुन् । शुरूमा केही तरमाराहरूले विरोध गरे पनि हिजोआज यो शव्दावली नेपाली राजनीतिमा सर्वस्विकार्य भएको छ ।
यसरी हेर्दा प्रकाश सपुत र रिमा विश्वकर्मा पछिल्लो भेरियन्टका टाढैबाट प्रष्टसँग देखिने तरमारा हुन् ।
अब प्रश्न उठ्छ, जात विश्वकर्मा भएकै नाताले साँच्चैका सिमान्तकृतहरूको भाग खोस्ने तरमाराहरूलाई पुरस्कृत गर्ने कि दण्डित गर्ने ? आगे जनता जनार्दन ।
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया