बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी जुम्ला उपसभापति तारा शाही नेपाली कांग्रेसमा फर्किएकी छिन्।
कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले जुम्ला कांग्रेसको निर्वाचन केन्द्रीत छलफलमा सहभागी भएर शाहीले रास्वपा परित्याग गरेको घोषणा गरेको बताए।
कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई पुरानै घरमा स्वागत गर्दै उनको फिर्तीले पार्टीलाई उर्जा मिलेको बताइन्।
रास्वपाको राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै उपसभापति शाही कांग्रेसमा फिर्ता भएकी हुन्। उनी चन्दननाथ नगरपालिका-५ की बासिन्दा हुन्।
शाही कांग्रेस पार्टी परित्याग गरी वैकल्पिक राजनीतिको नारासहित रास्वपा प्रवेश गरेकी थिइन्। केही समयमै रास्वपाले उपसभापति बनाए पनि उनलाई पार्टीमा रोक्न सकेन।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया