बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी जुम्ला उपसभापति तारा शाही नेपाली कांग्रेसमा फर्किएकी छिन्।
कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले जुम्ला कांग्रेसको निर्वाचन केन्द्रीत छलफलमा सहभागी भएर शाहीले रास्वपा परित्याग गरेको घोषणा गरेको बताए।
कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई पुरानै घरमा स्वागत गर्दै उनको फिर्तीले पार्टीलाई उर्जा मिलेको बताइन्।
रास्वपाको राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै उपसभापति शाही कांग्रेसमा फिर्ता भएकी हुन्। उनी चन्दननाथ नगरपालिका-५ की बासिन्दा हुन्।
शाही कांग्रेस पार्टी परित्याग गरी वैकल्पिक राजनीतिको नारासहित रास्वपा प्रवेश गरेकी थिइन्। केही समयमै रास्वपाले उपसभापति बनाए पनि उनलाई पार्टीमा रोक्न सकेन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया