बिएल संवाददाता
एमाले नेतृ रामकुमारी झाँक्रीले चितवनका जनताले रेनुलाई भोट नहाले अर्को ऐतिहासिक भूल हुनेसमेत उनले टिप्पणी गरेकी छन्।
एक मिडियासँग अन्तर्वार्ता दिँदै झाँक्रीले एमालेले नै जित्नुपर्ने तर ‘रेनु दाहाल कि को?’ भनेर बनाए चितवनका जनताले रेनुलाई नै भोट हाल्नुपर्ने बताइन्।
भन्छिन्– ‘विचारधारा मान्नुहुन्छ भने एमालेलाई भोट हाल्नुस्, विकास गरेको कुरामा न्याय दिनुहुन्छ भने रेनुलाई हाल्नुस्,’ उनले भनिन्, ‘चितवनमा भोट माग्ने नैतिकता कि एमालेलाई छ कि रेनुलाई। बाहिरका मान्छेलाई छैन।’
सोबिता गौतम काठमाडौं–२ मा जितेर पनि केही काम नगरेपछि अनुहार देखाउन नसकेर भागेर चितवन आएको झाँक्रीले दाबी गरिन्। उनले चितवनका जनताले जितेर पनि जेल जाने व्यक्तिलाई भोट हाल्न नहुने बताइन्।
चितवनका तीनवटै क्षेत्रमा एमालेले जित्नुपर्ने तर, ३ नम्बर क्षेत्रमा रोज्नुपर्दा रेनुलाई नै भोट दिनुपर्ने उनको भनाइ छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया