शुक्रबार, ३० जनवरी २०२६

नेकपा पहिलो पार्टी बन्नसक्छ: प्रचण्ड

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको पार्टी यसपालि चुनावबाट पहिलो पार्टी बन्ने बताएका छन्।

रुकुम पूर्व-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको एउटा कार्यक्रममा बोल्दै प्रचण्डले स्वच्छ, निश्पक्ष र धाँधलीरहित चुनाव हुने हो भने आफ्नो पार्टी पहिलो बन्नसक्ने बताएका हुन्।

‘नेपाली कम्युनिस्ट पार्टी समानुपातिकमा त भन्न सकिन्न, नयाँ भन्नेहरूको हावा चलेको जो छ। तर प्रत्यक्षमा हामी अघि हुन्छौं र प्रत्यक्ष अनि समानुपातिक जोड्दा हामी एक नम्बर पार्टी बन्ने सम्भावना मैले देखिरहेको छु’ प्रचण्डले भने ‘देशमा चुनावी माहोलले त्यस्तो देखिदैंछ।’

उनले आफू अरु पनि निर्वाचन क्षेत्रबाट सिफारिस र माग भइआए पनि आफूले कम्युनिस्ट आन्दोलनको आवश्यकताअनुसार रुकुमपूर्व नै रोजेको पनि बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!