ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा, ‘हतार छ’ भनेर निस्किए प्रचण्ड
सम्मेलनमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एउटै मञ्चमा देखिएका हुन् । तर, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड भने समय नभएको भन्दै आफ्नो सम्बोधन सकेर कार्यक्रम स्थलबाट निस्केका छन्। कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसदहरू, द्वन्द्वपीडित समुदायका प्रतिनिधिहरू लगायत सहभागी छन्।
बिएल संवाददाता - काठमाडौं