बुधबार, २१ जनवरी २०२६

उम्मेदवारीविरुद्ध आज उजुरी दिन सकिने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका लागि मनोनयन गरेका उम्मेदवारविरुद्ध आज दिनभरि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

मंगलबार देशैभरिका निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दलबाट टिकट पाएका र अन्य व्यक्तिहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

आज दिनभरि परेका उजुरीमा माथि छलफल र आवश्यक कारबाही गरेर आयोगले माघ ८ गते उम्मेदवारका नामावली प्रकाशन गर्ने जनाएको छ। त्यस्तै ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् भने दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।

मंगलबार देशभरिका १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ। तीमध्ये ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र १ हजार १८७ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्। 

निर्वाचन आउन अब ४३ दिनमात्रै बाँकी छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!