बिएल संवाददाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका लागि मनोनयन गरेका उम्मेदवारविरुद्ध आज दिनभरि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।
मंगलबार देशैभरिका निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दलबाट टिकट पाएका र अन्य व्यक्तिहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
आज दिनभरि परेका उजुरीमा माथि छलफल र आवश्यक कारबाही गरेर आयोगले माघ ८ गते उम्मेदवारका नामावली प्रकाशन गर्ने जनाएको छ। त्यस्तै ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् भने दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।
मंगलबार देशभरिका १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ। तीमध्ये ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र १ हजार १८७ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आउन अब ४३ दिनमात्रै बाँकी छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया