मङ्गलबार, २० जनवरी २०२६

काठमाडौं–१ मा गणेशमानपुत्रको टिकट खोसियो, प्रबल थापा उम्मेदवार

News Image
• • •

नेपाली कांग्रेसले काठमाडौं–१ बाट प्रबल थापालाई उम्मेदवार बनाएको छ।

मंगलबार मनोनयन दर्ताको अन्तिम समयमा सभापति थापाले प्रबललाई उम्मेदवार बनाएका हुन्। उनी सभापति थापा निकट मानिन्छन्।

उक्त क्षेत्र पूर्व उपप्रधानमन्त्री तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले लगातार जित्दै आएको क्षेत्र हो।

यसपटक सभापति थापाले सिंहलाई काठमाडौं–७ को टिकट दिने तयारी गरेका थिए। तर, सिंहले क्षेत्र नम्बर ७ मा जान नमानेपछि टिकट खोसिएको गगननिकट स्रोतले बतायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!