बिएल संवाददाता
राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले)का संगठित सदस्य छवि खतिवडा र उपाध्यक्ष विजय तामाङले एमाले परित्याग गरेका छन्।
उनले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेका हुन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन्। उपाध्यक्ष तामाङ रास्वपा प्रवेश गरेका छन्।
खतिवडाले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
उनले आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने नेकपा (एमाले), राष्ट्रिय युवा संघलाई धन्यवाद दिए। साथै, अग्रगामी परिवर्तन, सामाजिक न्याय र राष्ट्रको हितका पक्षमा सदैव लागिरहने प्रतिबद्धता दोहोर्याएका छन्।
उनको यो निर्णयलाई झापाको स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। आगामी निर्वाचनमा झापा–५ मा नयाँ राजनीतिक समीकरण र बहसलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
खतिवडाले परिवर्तनको पक्षमा लाग्न मतदातालाई आह्वान गरेका छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया