मङ्गलबार, २० जनवरी २०२६

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न पर्सा जिल्ला अदालतको आदेश

News Image
• • •

पर्सा जिल्ला अदालतले सहकारी ठगी मुद्धामा रास्वपा सभापति रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश दिएको छ।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग १ करोड धरौटी माग गरेको हो।

विरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा गत असार १ गते लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर भएको थियो।

पर्सा अदालत हाजिर भएका लामिछाने सोझै चितवन–२ मा उम्मेदवारी दर्ताका लागि जाने तयारीमा छन्। अदालतमा धरौटी बुझाउने प्रक्रिया सुरु भइसकेको स्रोतले बतायो।

उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!