मङ्गलबार, २० जनवरी २०२६

झापाका पाँचवटै क्षेत्र एमालेले जित्ने ओलीको दाबी

News Image
• • •

एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि झापा–५ बाट मनोनयन दर्ता गराएका छन्।

मंगलबार दिउँसो र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय दमक पुगेका ओलीले उम्मेदवारी दर्ता गराएका हुन्। 

ओली उम्मेदवारी दर्ता गर्न पुगेपछि एमाले र रास्वपा कार्यकर्ताबीच तनावको अवस्था सिर्जना भएको थियो। ओलीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेलाई रास्वपाका कार्यकर्ताले केही डिस्टर्व गर्न खोजेको बताए।

अध्यक्ष ओलीले आफू झापा–५ बाट आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतले जित्ने दाबी गर्दै झापाका ५ वटै क्षेत्र एमालेले जित्ने ठोकुवा गरे।

काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर एवं रास्वपा वरिष्ठ नेता बालेन साहले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!