बिएल संवाददाता
एमाले महासचिव शंकर पोखरेल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
दाङ-२ मा ‘चुनाव हारिने’ कार्यकर्ताको रिपोर्टिङपछि कालीकोटको प्रतिनिधि सभामा माओवादीका उम्मेदवारलाई सघाउने सहमति भएको हो।
माओवादी दाङका एक नेताका अनुसार माओवादीले पोखरेलसँगको सहमतिअनुसार नै दाङ–२ मा उम्मेदवार उठाएको छैन।
माओवादीले दाङ–२ मा १६ सय बढी पार्टी सदस्य र ५ हजार शुभेच्छुकसहित साढे ६ हजार बढी मतदाता रहेको दाबी गरेको छ।
कालिकोटमा एमालेले गत निर्वाचनमा पराजित भएका नगीन्द्र शाही (नेशनल)लाई टिकट दिएको छ। कालीकोटमा माओवादीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई उम्मेदवार बनाएको छ।
अब दाङमा पोखरेललाई सघाएपछि एमालेले प्रकाण्डलाई सघाउन कालिकोटका उम्मेदवार फिर्ता बोलाउनुपर्ने हुन्छ। तर, यस विषयमा एमाले नेताहरूले सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
माओवादी नेताहरूका अनुसार पोखरेलसँग भएको मौखिक सहमतिलाई केही दिनमै लिखित सहमति गर्ने तयारी छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया