बिएल संवाददाता
डोल्पामा आगामी फागुन २१ गते हुने निर्वाचनमा एउटै परिवारका सहोदर दाजुभाइ फरक–फरक दलबाट उम्मेदवार बनेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट धनबहादुर बुढा र नेपाली कांग्रेसबाट कर्णबहादुर बुढा भिड्ने भएका हुन्।
डोल्पाको राजनीतिमा यो परिवारको बर्चस्व रहँदै आएको छ। धनबहादुर ०७० सालको संविधानसभा निर्वाचन तथा ०७४ र ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी हुँदै आएका अनुभवी नेता हुन्।
उता कर्णबहादुर नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै सहमहामन्त्री बनेका केन्द्रीय स्तरका नेता हुन्।
यी दाजुभाइको राजनीतिक यात्रा भने स्थिर छैन। कर्णबहादुर राप्रपा हुँदै नेपाली कांग्रेसमा पुगेका हुन्। राप्रपाका केन्द्रीय सदस्य रहेका उनी ०७६ मा एमाले प्रवेश गरेका थिए। कांग्रेसले सिधै केन्द्रीय सदस्यका रूपमा पार्टीमा भित्र्याएको थियो।
धनबहादुर बूढा राप्रपा, एमाले, एकिकृत समाजवादी हुँदै अहिले र नेकपा भएका हुन्। डोल्पामा उनी ठेकेदार नेताको रुपमा परिचित छन्।
सांसद बन्न पार्टी फेर्दै आएका उनले जिल्लामा विकास निर्माणका ठेक्कापट्टामा एकछत्र राज गर्दै आएका छन्। जिल्लामा आउने सरकारी अधिकारीहरूलाई आफ्नो अनुकुल प्रयोग गर्न माहिर छन् उनी।
विकास आयोजना वर्षौंसम्म अलपत्र पार्नु उनका लागि सामान्य जस्तै भइसक्यो। आफैंलाई जन्म दिने आमा लडेर ज्यान गुमाएको दुनैबाट सहरतारा जाने सडक वर्षौंदेखि अलपत्र छ।
सो बाटो निर्माणको जिम्मा उनैले लिएका थिए। अर्बौं बजेट खर्च भइसक्दा पनि सडकको समस्या सकिएको छैन।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया