बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा ५ मा उम्मेदवारमा मात्रै सीमित भएर फर्किने दाबी गरेका छन्।
झापा ५ का युवा भेलालाई सम्बोधन गर्दै ओलीले बालेनसँग कुनै भिजन नभएको दाबी गरे।
उनले भने, ‘अहिले पनि यहाँ नयाँ भनेको सुन्छु, चिनेको जानेको छैन, बैंकले नोट छाप्दा धितो जमानीबिना छाप्दैन। यहाँ भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन। भोलि खोज्न कहाँ जाने? उहाँको यहाँ कोही पनि छैन। यहाँको उत्तरदायित्व केही छैन।’
त्यसो त ओली स्वयंकै पनि मतदाता नामावली झापामा छैन। भक्तपुरको बालकोटबाट भोट हाल्ने ओलीले पनि झापा–५ मा आफूले आफैंलाई मत हाल्न पाउँदैनन्।
बालेनले झापामा केही नगरेको दाबी गर्दै उनको घरअगाडि आफूले बाटो बनाइदिएको दाबी गरे। उनले नयाँ भन्दैमा केही नहुने बताए।
उनले भने, ‘राष्ट्रिय स्तरमा भिजन भएको पनि होइन। उहाँले यहाँ के गर्नुभयो र भोट हाल्ने? उहाँको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ। महोत्तरी ३ मटियारीबाट जनकपुर जाने बाटो मैले पुल हालिदिएको छु। खोला छेउमा बस्ती बनाएर बसेको देख्नै हुँदैन रे। सबै भत्काउँछन् रे। कवाडीहरूले गरिखान पाउँदैनन् रे।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया