शुक्रबार, ३० जनवरी २०२६

फेरि कुनै आमाको काख रित्तिन नपरोस्

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रधानमन्त्री सुशीला कार्कीले सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिएकी छन्।

सन्देशमा उनले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।

‘सहिदहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्। न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन’ उनले सन्देशमा भनेकी छन्।

प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा पनि जोड दिएकी छन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!