बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङमाथि सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षा प्रदान गर्न माग गरेको छ।
रास्वपा गोरखाका सचिव मिलन रानाले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन्।
‘फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको रास्वपा, गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङ निर्वाचनको लागि घरदैलो कार्यक्रममा रहनु भएको कुरा जानकारीका लागि अनुरोध गर्दछु,’ रानाले पत्रमा भनेका छन्, ‘प्राप्त विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रुपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनुहुन अनुरोध गर्दछु।’
जिल्ला प्रशासन कार्यालय गोरखाले रास्वपाबाट पत्र प्राप्त भएको र अध्ययन गरेर उम्मेदवारलाई सुरक्षा व्यवस्था गर्ने जिम्मेवारी बमोजिम छिट्टै निर्णय गरेर पीएसओ खटाउने भन्ने निर्णय हुने बताएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया