बिएल संवाददाता
इरानी सामुद्रिक क्षेत्रमा अमेरिकाले आफ्नो सैन्यशक्तिका रुपमा रहेको सबैभन्दा ठूलो क्षमताको एउटा युद्धपोत तैनाथ गरेपछि सम्भावति आक्रमणको भयले इरान अत्तालिएको छ। ट्रम्पको पटक पटकको धम्की अनि चेतावनीका बीच उनले अमेरिकाकै शक्तिशाली मानिने 'यूएसएस अब्राहम लिङ्कन' युद्धपोत अहिले हिन्दमहासागरको इरानी क्षेत्रमा तैनाथ गरेका छन्।
ठूलो संख्यामा परमाणु उर्जामार्फत चल्ने युद्ध बिमानहरूलाई बोक्नसक्ने यो युद्धपोत सन् १९९८ मा अमेरिकी नौसेना अन्तर्गत राखिएको थियो। जसलाई अमेरिकी सेनाको केन्द्रीय कमाण्ड आफैले परिचालन गर्छ। अमेरिकाको सबैभन्दा ठूलो र शक्तिशाली अत्याधुनिक विमानबाहक युद्धपोत मध्येको यो एक पानी जहाज हो। जसले सयौं लडाकु विमानहरू बोक्नसक्छ।
युद्धका बेला यसको ट्र्याकिङ सिस्टम बन्द गरिएको हुन्छ। तर यसका विशेषज्ञहरूले भने उसका हरेक गतिविधिहरू नजिकैबाट नियाल्नसक्छन्।
१४ जनवरीमा यो युद्धपोतले दक्षिणी चिनियाँ सागरबाट यसले मध्यपूर्वको यात्रा तय गरेको यो युद्धपोत २६ जनवरीतिर ओमानको तटमा पुगेको थियो। अब भने उक्त युद्धपोत हिन्द महासागरमा प्रवेश गरिसकेको छ। जो इरानी जलक्षेत्र पनि हो।
अमेरिकी सेन्ट्रल कमाण्ड रक्षामन्त्रालय अन्तर्गत रहेका छ लडाकु कमाण्डमध्ये एक प्रमुख कमाण्ड हो। जसको मुख्य दायित्व मध्यपूर्वको दायित्व सम्हाल्नु हो। जसमा इरान पनि पर्दछ। इजिप्ट र मध्य एशियाका केही क्षेत्रहरू पनि सेन्ट्रल कमाण्ड अन्तर्गत नै छन्। तर २००१ को सेप्टेम्बर ११ को घटनापछि यो कमाण्डलाई विशेषगरी इराक र अफगानिस्तान क्षेत्रमा बढी केन्द्रित गरिएको थियो।
यो युद्धपोतलाई अमेरिकाले आफ्नो १६ औं राष्ट्रपति अब्राहम लिङ्कनको स्मरणमा उनकै नाम दिएको छ। खासगरी अमेरिकी जलसेनाको आक्रामक समूहका लागि यो युद्धपोत परिचालन गरिन्छ। जसमा तीन गाइडेड मिसाइल, तथा विध्वंशक हतियारहरू सामेल छन्।
लगभग एक लाख टनभन्दा धेरै वजन भएको यो पानी जहाज ७७ मिटर चौडा र ३३३ मिटरभन्दा बढी लम्बाइ ओगट्छ। यो लगभग ५६ किलोमिटर प्रतिघण्टाका दरले समुद्रमा कुद्नसक्छ। यसअघि यसलाई अरब सागर तथा ओमानको तटीय क्षेत्रहरूमा तैनाथ गरिराखिन्थ्यो।
यो युद्धपोतलाई अमेरिकाले १९९०को दशकतिर डेजर्ट स्ट्रोम अभियान अन्तर्गत कुवेतबाट इरानी सेनाहरूलाई बाहिर निकाल्नका लागि प्रयोग गरेको थियो। त्यसपछि १९९५, ९१९८ र २०२० मा अबर खाडीमा यो युद्धपोतमार्फत अपरेशन सदर्न वाच चलाइएको थियो।
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया