बिएल संवाददाता
उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आफू पदलोलुप नभएको दाबी गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले आफू जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा सहभागी भएकोबारे भइरहेका टिप्पणीप्रति जवाफ दिएका छन्।
आन्दोलनपछिको विषम परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका अगुवाहरूको अनुरोधमा आफू सरकारमा सहभागी भएको बताएका छन्।
जेनजी आन्दोलनपछि राज्य संरचना प्रायः शून्यताजस्तो अवस्थामा पुगेको बेला घिसिङले प्रधानमन्त्री कार्कीको आग्रहमा चुनौती स्वीकार गर्दै जिम्मेवारी सम्हालेको उनको भनाइ छ।
‘आफ्नो अडान प्रष्ट राखेरै काम गरेको थिएँ र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदित छ,’ घिसिङले लेखेका छन्, ‘म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ।’
उनले आफूविरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायले भ्रमपूर्ण प्रचार र टिका–टिप्पणी भइरहेको भन्दै प्रभावित नहुन आग्रह पनि गरेका छन्।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया