बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओली एवं झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी ओली नेपाली कम्युनिस्ट पार्टी (तत्कालिन माओवादी केन्द्र)का नेता गगन पुरीको घर पुगेका छन्।
जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको दमक–८ स्थित पुरीको घर अवलोकनका लागि ओली त्यहाँ पुगेका हुन्। त्यस क्रममा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन्।
पुरीलाई सान्त्वना दिँदै ओलीले भने, ‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि! बरु उजुरी–निवेदन लगायतको प्रक्रिया चाहिँ अघि बढाउनु होला।’
ओलीलाई नेता पुरीले आफूले घर जलाउनेहरूविरुद्ध प्रमाणहरू जुटाएर कानुनी प्रक्रिया अघि बढाइसकेको जानकारी गराएका थिए। ओली यतिबेला जेनजी आन्दोलनका क्रममा क्षति पुर्याइएका तत्कालिन माओवादी पार्टीका नेता कार्यकर्ता र पार्टीको क्षति अवलोकनमा छन्।
सोही क्रममा ओली दुई/दुई मुद्धामा दोषी ठहरिएका नेता पुरीको घर पुगेका हुन्। पुरी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका विशेष अदालतबाट दोषी ठहरिएका व्यक्ति हुन्।
कतिपयले यसलाई नेकपाको सहानुभूति लिएर भोट बटुल्ने ओलीको चालका रुपमा अर्थ्याएका छन्।
गत साउनमा विशेष अदालतले झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा माओवादी नेता रेवतराज पुरी भनिने गगनसहित ९ जनालाई दोषी ठहर गरेको थियो।
झापाको बालुवाटार काण्डले चर्चित दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा विशेष अदालतले उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो।
अदालतले भ्रष्टाचारी ठहरिएकाहरूको जग्गासमेत जफत हुने फैसला गरेको थियो। गगन र उनी श्रीमतीलाई त्यसअघि नै विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्धामा दोषी ठहर गरिसकेको थियो।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया