बिएल संवाददाता
विशेष महाधिवेशनबाट चुनिएका सभापतिलगायत नेपाली काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज पदभार ग्रहण गर्दैछन्।
टिकट बाँडेर सबै पक्षका नेताहरूलाई चुनावी मैदानमा पठाएपछि विशेष महाधिवेशनबाट नेपाली काँग्रेसका सभापति चुनिएका गगनकुमार थापासहित नयाँ नेतृत्व आज पहिलोपटक पार्टीको मुख्यालय सानेपामा पदभार ग्रहण गर्न लागेका हुन्।
शुक्रबार नयाँ कार्यसमितिको बैठक पहिलोपटक पार्टी कार्यालयमा बस्न लागेको छ। यसअघि दुई पटक केन्द्रीय समिति बैठक विभिन्न पार्टी प्यालेसमा बसेको थियो।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए पनि देउवा समूहले भने त्यसलाई स्विकार गरेको थिएन। उनीहरू त्यो मुद्दा बोकेर सर्वोच्चसम्म पुगे। तर सर्वोच्चले पनि त्यसमा अन्तरिम आदेश दिएन।
त्यत्तिञ्जेल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता सुरु भइसकेको थियो। र गगनले सबै पक्षलाई समेटेर टिकट वितरण गरिसकेका थिए।
त्यसअघिसम्म देउवा समूहका कार्यकर्ताहरूले पार्टी कार्यालय घेरेर राखेका थिए।
आजको बैठकमा फागुन २१ को निर्वाचन, बागी तथा विद्रोही उम्मेदवारहरूको व्यवस्थापन र चुनावी खटनपटनलगायतका अजेन्डाहरूमा छलफल हुनेछ। त्यस्तै बैठकले सभापति गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने औपचारिक निर्णय पनि गर्नेछ।
यसअघि नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पनि थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर नेपाली काँग्रेस चुनावमा होमिने घोषणा गरिसकेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया