बिएल संवाददाता
टिकट बाँडेर सबै पक्षका नेताहरूलाई चुनावी मैदानमा पठाएपछि विशेष महाधिवेशनबाट नेपाली काँग्रेसका सभापति चुनिएका गगन थापा पहिलोपटक पार्टीको मुख्यालय छिर्दैछन्।
शुक्रबार नयाँ कार्यसमितिको बैठक पहिलोपटक पार्टी कार्यालयमा बस्न लागेको हो। यसअघि दुई पटक केन्द्रीय समिति बैठक विभिन्न पार्टी प्यालेसमा बसेको थियो।
पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको बताए। अधिकांश नेताहरू चुनावी क्षेत्रमा गइसकेका कारण राजधानीमा उपलब्ध पदाधिकारी तथा पार्टी केन्द्रीय सदस्यहरू बैठकमा सहभागी हुनेछन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए पनि देउवा समूहले भने त्यसलाई स्विकार गरेको थिएन। उनीहरू त्यो मुद्दा बोकेर सर्वोच्चसम्म पुगे। तर सर्वोच्चले पनि त्यसमा अन्तरिम आदेश दिएन।
त्यत्तिञ्जेल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता सुरु भइसकेको थियो। र गगनले सबै पक्षलाई समेटेर टिकट वितरण गरिसकेका थिए।
त्यसअघिसम्म देउवा समूहका कार्यकर्ताहरूले पार्टी कार्यालय घेरेर राखेका थिए।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया