बिएल संवाददाता
नेपाली काँग्रेसले सभापति गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीका उम्मेदवार बनाएर चुनावमा जाने निर्णय गरेको छ। विशेष महाधिवेशनपछि पहिलोपटक सानेपास्थित पार्टी मुख्य कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले अर्का उपभापति पुष्पा भुषालकाे समर्थनमा सभापति गगनकुमार थापालाई पार्टीका तर्फबाट आगामी प्रधानमन्त्रीका रुपमा उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए।
केही दिनअघि भएको विशेष महाधिवेशनबाट थापा सभापतिमा चुनिएका थिए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि थापा सर्लाही क्षेत्र नं ४बाट उम्मेदवार छन्। उनी १२ गतेदेखि चुनाव अभियानका लागि सर्लाही पुग्ने कार्यक्रम छ। यही क्षेत्रमा अघिल्लोपटक स्वतन्त्ररुपमा जितेका अमरेशकुमार सिंह पनि उम्मेदवार छन्। यसपालि उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्।
यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तत्कालीन काठमाडौंका मेयर बालेन शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेको छ। बालेन एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट चुनाव लड्दैछन्।
टिकट बाँडेर सबै पक्षका नेताहरूलाई चुनावी मैदानमा पठाएपछि विशेष महाधिवेशनबाट नेपाली काँग्रेसका सभापति चुनिएका गगनकुमार थापासहित नयाँ नेतृत्व आज पहिलोपटक पार्टीको मुख्यालय सानेपा छिरेर पदभार ग्रहण गरेका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए पनि देउवा समूहले भने त्यसलाई स्विकार गरेको थिएन। उनीहरू त्यो मुद्दा बोकेर सर्वोच्चसम्म पुगे। तर सर्वोच्चले पनि त्यसमा अन्तरिम आदेश दिएन।
त्यत्तिञ्जेल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता सुरु भइसकेको थियो। र गगनले सबै पक्षलाई समेटेर टिकट वितरण गरिसकेका थिए।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया