बिएल संवाददाता
कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्ध भएको छ।
उम्मेदवार बन्न अयोग्य रहेको भन्दै चौधरीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। उजुरीमाथि छानबिन गर्दै आयोगले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।
पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो त्यसमध्ये तीन वटा उजुरी नै खारेज भइसकेको छ।
मंगलबार उम्मेदवारी दर्ता गरेका देशभरका उम्मेदवारमध्ये ५ जनाविरुद्ध उजुरी परेको थियो।
यता भक्तपुर–२ बाट उम्मेदवार बनेका रास्वपाका राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठक (शोभा)विरूद्धको उजुरी आयोगले खारेज गरिदिएको छ।
त्यस्तै रौतहट–१ बाट उम्मेदवारी दिएका नेकपा नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध परेको उजुरी पनि खारेज भएको छ।
त्यस्तै सुनसरी–२ बाट उम्मेदवार रहेका रास्वपाका लालविक्रम थापाविरुद्ध परेको उजुरीमा पनि दाबी नपुग्ने भन्दै आयोगले उजुरी खारेज गरेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया