बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले इन्जिनियरदेखि महानगरप्रमुखसम्मको यात्राअनुभव र अबको संसदीय यात्राबारे आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन्। भूकम्प सुरक्षा दिवसको अवसरमा आफू इन्जिनियरिङ पेशामा हुँदा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण र अब देश निर्माणको यात्राबारे उनले आफ्ना धारणाहरू सामाजिक सञ्जालमा राखेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारी गरिरहेका बालेन अहिले त्यसको अन्तिम तयारीमा जुट्दैछन्। महानगरबाट राजीनामा दिएर अब प्रत्यक्ष चुनावमा होमिन सुरसारमा रहेका बालेनले अबको संसदीय यात्रा र कस्तो राष्ट्र निर्माण गर्ने भनेर पनि आफ्नो दृष्टिकोण राखेका छन्।
‘सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता छ। यही बुझाइका साथ म भारत गएँ र स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेँ। अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर थियो, तर मैले देश फर्किने निर्णय गरेँ’ उनले भनेका छन् ‘नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो—उदार समाज निर्माण गर्नु हो।’
उनले अब राष्ट्र निर्माणका लागि अघि बढ्ने उपयुक्त समय आइसकेको भन्दै लोकप्रिय नारा भन्दा इमान्दार नेतृत्व चाहिएको पनि बताएका छन्।
‘अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ। हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो। नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ। संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्। शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्’ उनले भनेका छन् ‘यो अभियान कुनै एक व्यक्तिको होइन। यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो। सबैको साथ, सहयोग र विश्वाससहित अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया