बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेसमा अबदेखि कुनै गुट र उपगुटहरू नरहेको भन्दै निर्वाचन आयोगको निर्णयलाई जित र हारको विषय नबनाउन अपिल गरेका छन्। आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि त्यही महाधिवेशनबाट निर्वाचित भएका सभापति थापाले यस्तो बताएका हुन्।
‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन - जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ’ गगनले एक विज्ञप्तिमार्फत भनेका छन् ‘यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भई लाग्नुपर्नेछ।’ ֹ
उनले अहिलेसम्म पार्टी नेतृत्वमा रहेका शेरबहादुर देउवा र उनको समूहलाई पनि एकतावद्ध काँग्रेस निर्माणका लागि सहज वातावरण बनाउन भनेका छन्।
‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं’ थापाले भनेका छन् ‘यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ - अब कांग्रेस बदलिएको छ, बदलिनेछ।’
दुबै पक्षका दाबीका बीच शुक्रबार साँझ निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको हो।
त्यही महाधिवेशनले थापाको सभापतित्वमा नेपाली काँग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया