बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेसमा अबदेखि कुनै गुट र उपगुटहरू नरहेको भन्दै निर्वाचन आयोगको निर्णयलाई जित र हारको विषय नबनाउन अपिल गरेका छन्। आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि त्यही महाधिवेशनबाट निर्वाचित भएका सभापति थापाले यस्तो बताएका हुन्।
‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन - जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ’ गगनले एक विज्ञप्तिमार्फत भनेका छन् ‘यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भई लाग्नुपर्नेछ।’ ֹ
उनले अहिलेसम्म पार्टी नेतृत्वमा रहेका शेरबहादुर देउवा र उनको समूहलाई पनि एकतावद्ध काँग्रेस निर्माणका लागि सहज वातावरण बनाउन भनेका छन्।
‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं’ थापाले भनेका छन् ‘यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ - अब कांग्रेस बदलिएको छ, बदलिनेछ।’
दुबै पक्षका दाबीका बीच शुक्रबार साँझ निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको हो।
त्यही महाधिवेशनले थापाको सभापतित्वमा नेपाली काँग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया