आइतबार, १८ जनवरी २०२६

सर्वोच्चमा देउवाको रिट समूह, पेशी ६ गतेमात्रै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि नेपाली काँग्रेसका शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ। नेता पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरू पुगेर सर्वोच्चमा रिट दायर गरेका हुन्।

उनीहरूले समय र संवेदनशीलताको ख्याल गर्दै आजै पेशी चढाउन आग्रह गरेका थिए। तर सर्वोच्च प्रशासनले आजै सम्भव नभएको जवाफ दिएको छ। सोमबार सार्वजनिक विदा भएका कारण अब उक्त पेशी ६ गते मात्रै तोकिनेछ। त्यही दिन प्रतिनिधिसभा निर्वाचनका लागि मनोनय गर्ने चुनावी कार्यतालिका रहेको छ।

पुस २७,२८ र २९ गते तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नेपाली काँग्रेसको नयाँ कार्यसमिति चयन गरेको थियो।

 

त्यसपछि दुबैपक्षका आधिकारिकताबीच निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमिति र विशेष महाधिवेशनलाई आधिकारिता दिएको थियो। तर देउवा पक्षले आयोगको निर्णय स्विकार गरेको छैन।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!