बिएल संवाददाता
नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिएकी छन्। उनले यो परिवर्तनलाई स्विकार गरेर अघि बढ्न पनि नेपाली काँग्रेसका आम नेता र कार्यकर्ताहरूलाई अपिल गरेकी छिन्।
सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्।
`अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु´ उनले भनेकी छिन्।
नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको ब्यख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन्।
निर्वाचन आयोगमा दुबै पक्षले आधिकारिकता दाबी गरेपछि शुक्रबार साँझ आयोगले विशेष महाधिवेशनलाई बैध ठहर्याउँदै गगनको सभापतित्वमा चयन भएको कार्यसमितिलाई मान्यता दिएको हो। यद्यपि आयोगको यो निर्णयलाई देउवा पक्षले भने स्विकार गरेको छैन र अदालतसम्मै पुग्ने चेतावनी दिएको छ।
आयोगले विशेष महाधिवेशनलाई नै आधिकारिकता दिए पनि देउवा पक्षले भने केन्द्रीय कार्यालय नियन्त्रण गरिराखेको छ। यो पक्षका कार्यकर्ताहरुले रातभरि नै पार्टी कार्यालय कुरेर बसिरहेका छन्। देउवा पक्षले पनि आजै केन्द्रीय समिति बैठक बोलाएको छ। उनिहरूको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमै बसिरहेको छ।
गगन पक्षको बैठक भने केहीबेरमा थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा बस्ने तयारी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया