बिएल संवाददाता
एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन्।
एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र रुपन्देही–२ तिलोत्तमा बासिन्दा पौडेलले जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गर्दै पार्टी छोडेको जानकारी गराए।
पार्टीमा बुझाएको राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली बेइज्जती संस्कृति, मोलाहिजा र गुटगत मोविज्ञानसँग सहमत हुन नसकेर पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
पौडेल एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए। एमाले सरकारमा हुँदा कानुन आयोगको सदस्य समेत बनेका उनी तीन कार्यकाल एमाले रुपन्देहीका सचिवालय सदस्य, इलाका र क्षेत्रीय कमिटी सदस्य रहेका थिए।
पौडेलले आफूलाई सरकारी नियुक्ति दिलाएका पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र तत्कालीन मुख्यमन्त्री गिरीलाई धन्यवाद दिँदै अब आफू स्वतन्त्र रहने बताएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया