जनताले ‘प्रचण्ड नै चाहिन्छ’ भन्न थालिसके, ०८४ मा कांग्रेस-एमालेको दिन सकिन्छः प्रचण्ड
उनले आफूप्रति जनताको सद्भाव बढेको दाबी गर्दै जनताले प्रचण्ड नै चाहिन्छ भन्न थालेको दाबीसमेत गरे। उनले भने, ‘प्रचण्डप्रति जनताको जुन स्तरको आशा, भरोषा देखेँ, त्यो साँच्चै नै असाधारण छ। जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्। तपाईंहरुले सुन्नुभएकै होला। त्यसले पार्टी र मप्रति ठूलो जिम्मेवारी र प्रेरणा बनेको छ।’ उनले भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा कांग्रेस र एमालेनिकट सङ्गठनहरूलाई समेत आफ्ना विद्यार्थी संगठनले सखाप पारेको दाबी गरे। उनले कांग्रेस र एमाले अहिले भ्रष्टाचारीको संरक्षणमा केन्द्रीत रहेको दाबी पनि गरे।
बिएल संवाददाता - चितवन