मङ्गलबार, १३ जनवरी २०२६

विभिन्न पार्टी परित्याग गरेका ५ सय बढी नेता कार्यकर्ता उनेपा प्रवेश, कुलमानले गरे स्वागत

News Image
• • •

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवन कुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमदसहित ५ सय जना भन्दा बढी नेता तथा कार्यकर्ताहरूलाई पार्टी भित्र्याएका छन्।

सर्लाहीको बागमतीस्थित सिता पार्टी प्यालेसमा आयोजित वृहत् कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले विभिन्न राजनीतिक दल परित्याग गरेका उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी व्यक्तिको प्रचारका लागि नभइ प्रणाली सुधार र जनसेवाका लागि अघि बढेको राजनीतिक शक्ति बताउँदै पार्टीमा नवप्रवेशीहरूको उत्साहले देश परिवर्तनको अभियान अझ सशक्त हुने विश्वास व्यक्त गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!