मङ्गलबार, १३ जनवरी २०२६

काँग्रेस विशेष महाधिवेशन: नयाँ निर्वाचन समिति बनाइयो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली काँग्रेसको विशेष महाधिवेशनले पुरानो निर्वाचन समिति भंग गरेको छ। यसअघि केन्द्रीय कार्यसमितिले खम्बबहादुर खातीकाे संयाेजकत्वमा गठन गरेको निर्वाचन समिति भंग गर्दै बन्दशत्रले सीताराम केसीको संयोजकत्वमा नयाँ समिति बनाएको हो।

आइतबार उद्घाटन भएको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दशत्रले उक्त प्रस्ताव पारित गरेको छ। डेमोक्रेटिक लयर्स एशोसिएसनका अध्यक्षसमेत रहेका केसीको संयोजकत्वमा गठित समितिमा अधिवक्ताहरू अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतमलागतय छन्।

दोस्रो दिनको बन्दशत्रसँगै विशेष महाधिवेशन पक्षधर र काँग्रेस संस्थापन पक्षका नेताहरू वार्ता पनि गरिरहेका छन्।

मंगलबार बिहानैबाट पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विशेष महाधिवेशन पक्षका नेताहरूबीच वार्ता सुरु भएपछि केन्द्रीय समिति बैठक पनि दुईघण्टा पर सारिएको छ।   

अहिले तीनै पक्षबीच बालुवाटारमा वार्ता चलिरहेको छ। त्यसमा पूर्णबहादुर खड्कासहित बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाललगायत नेताहरु र विशेष महाधिवेशन पक्षका प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरेलगायत सहभागी छन्। सोमबार राति अबेरसम्म पनि वार्ता भएको थियो। तर कुनै सहमति हुन सकेन।

भृकुटीमण्डमा चलिरहेको विशेष महाधिवेशनमा लगभग ६०प्रतिशतभन्दा धेरै प्रतिनिधिहरू उपस्थित भएका छन्। यसबीचमा आज नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक पनि बोलाएको छ। तर विशेष महाधिवेशनमा भाग लिएका पदाधिकारी तथा सदस्यहरू भने उक्त बैठकमा नजाने बताएका छन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!