बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद आजै रातिसम्म मिलाउने प्रतिवद्धता गरेका छन्।
मंगलबार निवासमा नेताहरूसँगको छलफलमा देउवाले पार्टी फुटाउन नहुने भन्दै समझदारीको बाटो हुँदाहुँदै अन्यथा निर्णय गर्न नहुने बताए हुन्।
देउवासँग संस्थापनका केही जिम्मेवार नेताहरूले नै पार्टी फुटाउन लागेको भन्दै महामन्त्रीद्वयलाई कारबाही गर्नुपर्ने माग गरेका थिए। जसको जवाफमा देउवाले मिल्ने बाटो हुँदाहुँदै अन्यथा निर्णय गर्न नहुने बताएका हुन्।
यसैबीच मंगलबार साँझ कांग्रेस केन्द्रीय समिति बैठक बसेको छ। बैठकपछि सभापति देउवाको भनाइ उद्यृत गर्दै प्रवक्ता प्रकाशशरण महतले भने, ‘पार्टी नेतृत्व नियमित महाधिवेशनबाट आउँछ। यसमा द्विविधा छैन भन्ने सबैलाई थाहा छ, अब विग्रहको बाटोमा जानुहुँदैन। पार्टीलाई मजबुत गर्ने बाटोमा जानुपर्छ। अझै पनि रातिसम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने? भन्ने पार्टी सभापतिको भनाइ छ।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया