बिएल संवाददाता
नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा कार्यकर्ताले हलबाटै नेतृत्व चुन्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका छन्।
सोमबारबाट जारी बन्दसत्र संस्थापनसँग वार्ता गर्ने नाममा मंगलबारसम्म थपिए पनि नयाँ नेतृत्वको मतदान नगरि सभापति शेरबहादुर देउवासँग सहमतिको प्रयास भएको भन्दै कार्यकर्ता असन्तुष्ट बनेका हुन्।
महाधिवेशन प्रतिनिधिहरूले हलबाटै नयाँ नेतृत्व नचुनेसम्म महाधिवेशनस्थल नछोड्ने अडान लिएका छन्। नाराबाजी सुरु भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भृकुटीमण्डपबाट बाहिरिएका एक प्रतिनिधिले बताए।
यतिबेला कांग्रेस महाधिवेशनस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ। बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया